Understanding Pipe Markings: DN, PN and SDR Explained

Understanding Pipe Markings: DN, PN and SDR Explained

पाइपमा लेखिएका DN, PN, र SDR को अर्थ

HDPE, CPVC, PVC र PPR पाइप छनौट गर्दा DN-20, PN-16, SDR-9 जस्ता कोडहरु देख्न सकिन्छ । यी संकेतहरुले पाइपको साइज, pressure capacity र मोटाईकाे बारेमा बुझ्न मद्दत गर्छन् । यहाँ हामी यिनीहरुको अर्थ र महत्त्व बुझ्ने प्रयास गर्छौं ।

१. DN (Diameter Nominal):

DN भन्नाले Diameter Nominal (नोमिनल व्यास) हो, जुन mm मा हुन्छ । यसले पाइपको Exact Inner अथवा Outer Diameter नबताए Standard Size लाई जनाउँछ ।

उदाहरणका लागि

  - DN-20 = 20mm

  - DN-25 = 25mm

  - DN-63 = 63mm

DN ले फिटिङ, भाल्व र अन्य पाइपसँग कम्प्याटिबिलिटी सुनिश्चितता गर्दछ । अर्थात् Same DN भाएका Fitting तथा Valve हरु सँग मिल्ने गर्दछ ।

DN मेट्रिक प्रणाली हो, जुन NPS (नोमिनल पाइप साइज) को इम्पेरियल सिस्टमसँग मिल्छ ।

 

२. PN (प्रेशर नोमिनल): दबाव क्षमता
PN ले Pressure Nominal जनाउँछ । यसले 20°C मा पाइपले सहन सक्ने अधिकतम Pressure (बारमा) जनाउँछ ।  
उदाहरणका लागि
  - PN-10 = 10 Bar (≈145 PSI)  
  - PN-12.5 = 12.5 Bar (≈181 PSI)  
  - PN-16 = 16 Bar (≈232 PSI)  
PN ले पाइपको सुरक्षित प्रयोगको लागि Pressure सीमा निर्धारण गर्छ । उच्च PN भएको पाइपले उच्च दबाव सहन सक्दछ ।

 

३. SDR (Standard Dimension Ratio)

SDR ले पाइपको Outer Diameter (OD) र wall thickness (WT) को अनुपात बताउँछ ।  

SDR = Outer Diameter (OD) / Wall Thickness (WT)  

उदाहरणका लागि:-

 यदि 50mm Outer Diameter भएको पाइपकाे SDR-9 छ भने, पाइपको Thickness =

SDR = OD/WT

WT= OD/SDR

WT= 50/9  = 5.55 mm हुन्छ ।

SDR जति कम, पाइप उति बाक्लो र बलियो (उच्च दबाव सहन्छ)। SDR जति धेरै, पाइप उति हलुका र पातलो ।