B, C र D प्रकारका MCB: प्रयोग र उपयोग

B, C र D प्रकारका MCB: प्रयोग र उपयोग

MCB का B, C र D प्रकार: प्रयोग र उपयोगिता

MCB (Miniature Circuit Breaker) एक विद्युतिय उपकरण हो, जसले सर्किटलाई ओभरलोड वा सर्ट सर्किटका कारणले गर्दा हुने क्षतिबाट बचाउन स्वतः सुरक्षा प्रदान गर्छ । यसले विद्युत सीमा नाघ्दा सर्किटलाई रोक्छ, जसले आगलागी, उपकरणको क्षति, वा विद्युतीय झट्का जस्ता खतराहरूबाट बचाउँछ ।

B, C र D प्रकारका MCB (Miniature Circuit Breaker) विभिन्न स्थानहरूमा प्रयोग गरिन्छन्, जसले विद्युत सर्किटलाई ओभरलोड वा सर्ट सर्किटबाट जोगाउँछ ।  यिनीहरूको उपयोग क्षेत्र यस प्रकार छ:

B प्रकारको MCB

  • यो खास गरि घरायसी क्षेत्र (Residential Areas) मा प्रयोग गरिन्छ ।
  • यो हल्का लोडका उपकरणहरू (Light Load Devices) लागि प्रयोग गरिन्छ जस्तै बत्ती, पंखा आदि ।
  • यसले सामान्य करेन्ट भन्दा 3-5 गुणा बढी करेन्ट Flow भएमा सर्किट ब्रेक गर्दछ ।

C प्रकारको MCB

  • यो खास गरि कमरसियल क्षेत्र (Commercial Areas)  मा प्रयोग गरिन्छ ।
  • यो मध्यम लोडका उपकरणहरू का लागि प्रयोग गरिन्छ जस्तै एसी, फ्रिज, पम्प मोटर आदि ।
    सर्किट ब्रेक गर्ने क्षमता:
  • यसले सामान्य करेन्ट भन्दा 5-10 गुणा बढी करेन्ट Flow भएमा सर्किट ब्रेक गर्दछ ।

D प्रकारको MCB

  • यो खासगरी औद्योगिक क्षेत्र (Industrial Areas) मा प्रयोग गरिन्छ ।
  • यो उच्च लोडका उपकरणहरूका लागि प्रयोग गरिन्छ जस्तै मोटर, ट्रान्सफर्मर, एक्स-रे मेसिन, व्ल्डिङ्ग मेसिन आदि ।
  • यसले सामान्य करेन्ट भन्दा 10-20 गुणा बढी करेन्ट Flow भएमा सर्किट ब्रेक गर्दछ ।

MCB हरूको छनोट गर्ने क्रममा लोडको प्रकार, करेन्टको माग, र उपकरणहरूको सुरक्षालाई ध्यानमा राखेर गर्नु पर्दछ ।