Concrete Hollow Block (CHB) नेपालमा विभिन्न निर्माण कार्यमा प्रयोग गरिन्छ । Sand, Stone Chips र Cement को Mixture वाट बनाइने Concrete Hollow Block (CHB) मा कुल क्षेत्रफलको कम्तिमा 25% भाग खोक्रो हुनु पर्दछ भने Concrete को भाग 50% भन्दा वढी हुनु पर्दछ ।
नेपालमा प्रयोग गरिने Concrete Hollow Block 390 mm (15.35 Inch) लम्वाइ, 190 mm (7.5 Inch) को उचाइ भएका हुन्छन्, भने चौडाइमा 100 mm (4 Inch), 150mm (6 Inch) र 200 mm (8 Inch) मध्य कुनै एक हुने गर्दछ ।
यो सामान्य इट्टा (Burnt Clay Bricks) भन्दा सस्तो र निर्माणकार्य छिटो हुने हुदाँ यसको प्रयोग दिनानुदिन वढ्दै गइरहेको छ ।
Mix Ratio | Block Category | |
Volume | Weight | |
1:6 | 1:8 | A |
1:9 | 1:12 | A |
1:12 | 1:16 | B |
1:16 | 1:21 | B |
1:25 | 1:31 | C |
सस्तो र छिटो निर्माण: CHB हल्का र सरल डिजाइनले गर्दा निर्माण प्रक्रिया छिटो र सस्तो बनाउँछ ।
वलियो र टिकाउ: यी CHB बलियो र दीर्घकालीन हुने भएकाले, पर्खालहरू वलियो र टिकाउ हुन्छन् ।
ऊर्जा Efficiency: CHB खोक्रो हुने भएकाले थर्मल इन्सुलेसनमा मद्दत गर्छ, जसले गर्दा जाडोमा न्यानो र गर्मिमा सितलता दिन्छ ।
विविधता: विभिन्न चौडाइका CHB उपलब्ध हुने हुँदा विभिन्न निर्माण आवश्यकताहरू पूरा गर्न सकिन्छ ।